Logo

सेञ्चुरीले खरिद गर्यो सगरमाथा फाइनान्स, समझदारीपत्रमा हस्ताक्षर

सेञ्चुरीले खरिद गर्यो सगरमाथा फाइनान्स, समझदारीपत्रमा हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । बिहीवार एक कार्यक्रमवीच बैंक र ललितपुरको पाटनमा केन्द्रिय कार्यालय रहेको फाइनान्सवीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब रु. १ अर्ब ५० करोड पूँजी प्राप्त गर्ने छ । अपुग पूँजी हकप्रद शेयर जारी गरेर तथा चालु आवको मुनाफाबाट पुर्याउने लक्ष्य लिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा संचालन मुनाफा मार्फत रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी रु. ३ दशमलव ६८ अर्व रहेको छ । त्यसैगरी, चालु आवको दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।

सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आवको मुनाफा रु. ७८ करोड पूँजी रहने छ । हाल फाइनान्सको १४ वटा शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा रु. ५ करोड ६१ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्