Logo

लक्ष्मीले ल्यायो अनफिक्सड डिपोजिट, बचत खाताको तरलता र उच्च ब्याजदर प्रदान गरिने

लक्ष्मीले ल्यायो अनफिक्सड डिपोजिट, बचत खाताको तरलता र उच्च ब्याजदर प्रदान गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले ‘अनफिक्स्ड डिपोजिट’ नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथै बचत खाताको तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यका साथ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको रकम अटोमेटिक ट्रान्स्फर गरी २ वर्षको नयाँ मुद्दती खाता खोलेर बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनिहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ ।

साथै स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । जसले गर्दा ग्राहकको अनफिक्सड मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध छ । बैंकले हाल ४० शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL