नेपाल बैङ्क लिमिटेडले आफ्ना खातावाल ग्राहकलाई ‘एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट(आस्बा)’ दर्ता सुरु गरेको छ । धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशनका सम्बन्धमा लागु भएको आस्बा प्रणालीको अनुमती पाएपछि बैङ्कले यो प्रक्रिया अघि बढाएको हो ।
आस्बा प्रणाली अन्तर्गत सार्वजनिक धितोपत्र निष्काशन हुँदा धितोपत्र खरिद गर्न इच्छुक आफ्ना ग्राहकलाई दर्ताको व्यवस्था गरिएको बैङ्कले जनाएको छ । बैङ्कको प्रधान कार्यालय तथा शाखा कार्यालयबाट ग्राहकले आस्बा प्रणालीमा आफ्नो दर्ता गर्न सक्नेछन् ।