Logo

गभर्नरले बैंक संचालकलाई भने, तपाइहरु सीईओलाई नपेल्नुस राष्ट्र बैंक साथमा छ

गभर्नरले बैंक संचालकलाई भने, तपाइहरु सीईओलाई नपेल्नुस राष्ट्र बैंक साथमा छ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले प्रमुख कार्यकारी अधिकृतहरुलाई जथाभावी दवाव नदिन बैंक संचालकहरुलाई दिर्नेशन दिएका छन् । बैंक संचालहरुले बढी नाफा कमाउने दाउमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई दवाव दिँदा अहिलेको अवस्था सिर्जना भएको उनको तर्क थियो । ‘संचालकहरुले सीईओलाई बढी नाफा कमाउन दवाव दिनु भएन,’ मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले भने, ‘यदि संचालकहरुले बढी नाफा आर्जन गर्ने उद्देश्यले जथाभावी दवाव दिएमा राष्ट्र बैंक सीईओको साथमा हुनेछ ।’

बैंकहरुले आफ्नो योजनाभन्दा फरक तरिकाबाट गएर लगानी गर्दा अहिले समस्या देखिएको समेत उनको तर्क छ । ‘बैंकहरुलाई आफ्नो सीमा भित्र रहेर लगानी गर्न पटक–पटक निर्देशन दिएको छु,’ उनले भने, ‘यदि राष्ट्र बैंकको निर्देशन मान्नुहुन्न भने कडा रुपमा उत्रन वाध्य हुनेछौं ।’

पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आजदेखि विधिवत रुपमा आफ्नो सो कार्यालय काठमाडौंमा सारेको छ । सो अवसरमा बैंकले १० जना पूर्व गभर्नरलाई सम्मान गरेको थियो ।

जनता बैंकमा होइन बैंक जनतामा जानु पर्छ भन्ने मुल मन्त्र लिएर स्थापना भएको सो बैंकले ४४ वटा शाखा ९ वटा समिति बैंकिङ तथा ३ वटा एक्स्टेन्सन काउण्टर मार्फत ३ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । सो अवसरमा बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले बैंकले नेपाली समाजमा देखिएको विद्यमान समस्या समाधान तथा कृषि क्षेत्रको विकासको लागि काम गर्दै आएको जानकारी दिए । बैंकले हालसम्म १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ५० करोड रपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL