Logo

नेपाल बैंकको नाफामा ८१ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब ८९ करोड

नेपाल बैंकको नाफामा ८१ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब ८९ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महनिामा १ अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८१ प्रतिशतले बढी हुन आउँछ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले ब्याज आम्दानी र खराबकर्जा उठौतीमा बृद्धि गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । बैंकले सो अवधिमा ३ अर्ब ३० करोड ब्याज आम्दानी गरेको भने २७ करोड रुपैयाँ राइट ब्याक गरेको देखिन्छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २६ करोड रुपैंयाँ छ ।

बैंकले सो अवधिमा खराबकर्जालाई १ प्रतिशत घटाउँदै कुल कर्जा प्रवाहको २ दशमलव ८५ प्रतिशतमा झारेको छ । यस अधि यस्तो कर्जा ३ दशमलब ८५ प्रतिशत रहेको थियो ।

रहेको खराब कर्जा यसपाली २ दशमलब ८५ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी ५८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ पनि १४५ रुपैंयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्