Logo

एभरेष्टको ‘सौगात बचत खाता’ पून सञ्चालनमा, स्वीप इन र स्वीप आउटको सुबिधा

एभरेष्टको ‘सौगात बचत खाता’ पून सञ्चालनमा, स्वीप इन र स्वीप आउटको सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो एक बिशेष योजना सौगात बचत खाता लाई आकर्षक ब्याजदरका साथ पुनः शुरुवात गरेको छ । बचत तथा मुद्धती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ ।

उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । लामो अवधिको लागी रहने रकममा अति आकर्षक ब्याजदर पाउनेछन् । साथै यो बचत खाता संचालन र लगानीको हिसाबमा एकदमै उपयुक्त छ जसमा ग्राहकले ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्नेछन् ।

एभरेष्ट बैंकले हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आ.ब. २०६८÷०६९मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’ को सम्मान प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL