Logo

लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो ४० करोड

लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो ४० करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ मात्र बढी हो ।

सो अवधिमा बैंकले ब्याज आम्दानी तथा अन्य संचालन आम्दानीमा सामान्य मात्र सुधार गरेको छ । तर, निक्षेप संकलन तथा कर्जा प्रवाहलाई भने उच्च रुपमा बृद्धि गरेको छ ।

बैंकले निक्षप संकलन ३४ प्रतिशतले बृद्धि गरी ५५ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ३८ प्रतिशतले बृद्धि गर्दै ४६ अर्ब ७१ करोड रुपैयाँ पुयाएको छ । सो अवधिमा बैंकको खराबकर्जा भने समान्य बढेको देखिन्छ । अधिल्लो वर्षको सोही अवधिमा खराब कर्जा कुल कर्जा प्रवाहको १ दशमलव १ प्रतिशत रहेकोमा चालू आवमा आईपुग्दा बढेर १ दशमलव ३८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL