Logo

इन्भेष्टमेन्टको नाफामा ५० प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब ६४ करोड

इन्भेष्टमेन्टको नाफामा ५० प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब ६४ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्ष पहिलो ६ महिनामा १ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ब्याज आम्दानीमा बृद्धि तथा खराव कर्जा उठौतीमा सुधार गरेसँगै समग्र नाफामा सुधार गरेको हो ।

हाल बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको शुन्य दशलमव ७० प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL