Logo

सिटिजन्स बैंकलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड, संस्थागत सुशाशनलाई थप पारदर्शी बनाइने

सिटिजन्स बैंकलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड, संस्थागत सुशाशनलाई थप पारदर्शी बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक साउथ एशियन फेडरेशन अफ अकाउण्ट्स (साफा)को ‘बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’ बाट सम्मानित भएको छ । बैंकले सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स र प्राइभेट सेक्टर बैंक क्षेत्रमा सर्टिफिकेट फ मेरिट प्राप्त गरेको हो ।

साफाले कमिटी फर इमप्रुभमेन्ट इन ट्रान्सपरेन्सी अकाउन्टाविलीटी एण्ड गर्भनेन्स अफ द पव्लिस एनुअल रिपोर्टद्धारा गरिएको मूल्यांकनका आधारमा बार्षिक रुपमा वितरण गर्दै आएको हो ।

साफा दक्षिण एशियाली राष्ट्रहरुको चार्टड एकाउण्टेन्टस संस्थाहरुको संगठन हो ।

यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले इन्ष्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस अफ नेपालद्वारा प्रदान गरिने वेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड समेत प्राप्त गरेको थियो।

यसैवीच बैंकले आगामी दिनमा पनि उत्कृष्ट बार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी तथा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL