Logo

ग्लोवल आईएमईले १४ करोडले बढायो नाफा, ६ महिनामा कमायो साढे ९० करोड

ग्लोवल आईएमईले १४ करोडले बढायो नाफा, ६ महिनामा कमायो साढे ९० करोड


बिजखबर संवाददाता
27
Shares

काढमाडौं । ग्लोवल आईएमई बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा ९० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ करोड ३४ लाख रुपैयाँले बढी हो । हाल बैंकको चुक्ता ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकले ८४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड रुपैयाँ कजा प्रवाह गरेको छ । बैंकले ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सुधार गरेसँगै नाफामा सुधार गरेको हो । सो अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ ब्याज आम्दनी गरेको छ भने १९ करोड ५० लाख रुपैयाँ राईट ब्याक गरेको छ ।

बैंकले खराव कर्जालाई घटाएर कुल कर्जा प्रवाहको १ दशमलव ६१ प्रतिशतमा झारेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८ दशमलव ४७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्