Logo

१ महिना अघिको निर्णय बल्ल कार्यान्यन गर्दै बैंकर, १२ प्रतिशतमै रोकिएला त ब्याजदर ?

१ महिना अघिको निर्णय बल्ल कार्यान्यन गर्दै बैंकर, १२ प्रतिशतमै रोकिएला त ब्याजदर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकर एशोसियशनले ब्याजदर निन्त्रण सम्बन्धमा एक महिना अघि गरेको निर्णय अब कार्यान्वयनमा ल्याउने भएको छ । बाणिज्य बैंकहरुले प्रतिस्र्धात्मक रुपमा बढ्दो ब्याजदरमा निक्षेप संकलन गर्न थालेपनि त्यसलाई रोक्न एक महिना अघिको निर्णय कार्यान्वयनमा ल्याउन लागेका छन् ।

बैंकहरुको छाता संगठन नेपाल बैंक एशोसियशनले सबैं बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सहमितमा झण्डै १ महिना अघि निक्षेपमा १२ प्रतिशतभन्दा माथी ब्याज जान नदिने निर्णय गरेका थिए । संस्थागत निक्षेप १३ प्रतिशत र सर्वसाधारणसँग १२ प्रतिशत ब्याजदर दिन थालेपछि निर्णय कार्यान्वयनमा लैजान लागेका हुन् ।

निक्षेपमा ब्याजदर १२ प्रतिशतभन्दा बढी नदिने सहमति एक महिना पहिलो भएको र अब यसलाई कार्यान्वयनमा लैजान लागिएको नेपाल बैंकर्स एशोसियशनका सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

बजारमा उच्च रुपमा तरलता अवभाव भएकाले बैंकहरुले उच्च ब्याजदरमा मुद्दति निक्षेप संकलन गर्न थालेका छन् । बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रायजसो बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत पुगिसकेको छ । यो अवस्थामा निक्षेप ब्याजदर १२ प्रतिशतमै रोकिनसक्छ भन्ने विषय गम्भिर रहेको एक बैंकरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL