काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आयात तथा बिक्री वितरण प्रक्रियामा सिफारिस गर्ने क्रममा कुनै पनि शुल्क वा दस्तुर नलिन निर्देशन दिएको छ।
‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७६’ बमोजिम वाणिज्य बैंकमार्फत सुन व्यवसायीलाई सिफारिस गर्ने जिम्मा सम्बन्धित संघ÷महासंघलाई दिइएको छ। तर, कार्यविधिको दफा १४ मा सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्था छ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘सुन खरिदका लागि सिफारिस प्रदान गर्ने संघ÷महासंघ र सिफारिस लिने व्यवसायीले कार्यविधिको पूर्ण पालना गर्नुपर्नेछ।’ यो सूचना विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र कार्यविधिको दफा १४ अन्तर्गत राष्ट्र बैंकले जारी गरेको हो।
