काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै नयाँ सर्कुलर जारी गरेको हो ।
व्यवस्थाको पाँचौं संशोधन २०८२ मा अब सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र व्यक्तिगत सवारीसाधानमा अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि केन्द्रिय बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विद्युतीय तथा निजी प्रयोजनका सवारीसाधनको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको थियो ।
यसअघि कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले उक्त व्यवस्थालाई संशोधन गरेको हो ।