काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी गोबिन्द घिमिरेले मंगलबारदेखि औपचारिक रूपमा सम्हालेका छन्। पूर्व सीईओ सुनिल केसीको कार्यकाल समाप्त भएपछि घिमिरे बैंकको नेतृत्वमा आएका हुन्।
बैंक सञ्चालक समितिले फागुन महिनामै निर्णय गर्दै १० वैशाख २०८२ देखि घिमिरेलाई सीईओ नियुक्त गर्ने घोषणा गरेको थियो। यसअघि नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत घिमिरेलाई सीईओ बनाउँदै बैंकले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ।
तत्कालीन सीईओ केसीको दोस्रो कार्यकाल फागुन मसान्तमै सकिएको भए पनि बाफिया कार्यान्वयनको मितिलाई मध्यनजर गर्दै उनलाई ४० दिनका लागि, अर्थात् ९ वैशाखसम्म जिम्मेवारी दिइएको थियो। मंगलबार त्यस कार्यकाल पनि सकिएसँगै घिमिरेले नयाँ सीईओको रूपमा कार्यभार सम्हालेका हुन्।
बुधबारदेखि घिमिरे प्रमुख कार्यकारी अधिकृत र सुदेश उपाध्याय वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा औपचारिक रूपमा कार्यरत भएका छन्।