Logo

बैंकिङ क्षेत्रबाट बुधबार ३५ अर्ब खिच्दै राष्ट्र बैंक, अधिक तरलताको समस्या कायमै

बैंकिङ क्षेत्रबाट बुधबार ३५ अर्ब खिच्दै राष्ट्र बैंक, अधिक तरलताको समस्या कायमै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ क्षेत्रबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै विभिन्न विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी बैशाख ३१ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवेयरमार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्