Logo

सिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा

सिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ खर्व २ अर्व रहेकोमा कर्जा तर्फ १ खर्व ७३ अर्व परिचालन गरेको छ ।

बैंकले आज बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कायक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखि ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा संचालनमा ल्याइएको छ । बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ सेवा मार्फत अफलाइन माध्यमबाट नै रु।पाँच हजार सम्मको भुक्तानी ट्याप एण्ड पे मार्फत सहज रूपमा गर्न सक्ने छन् ।

साथै, बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बंैकिङ्ग मार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्ने छन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

बैंकले नयाँ बचत खाता सिटिजन्स फ्रिल्यान्सर सेभिङ बचत संचालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर यूएसडी, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।

यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रू २५ हजार सम्म (ओपीडी सेवा ५ हजार सम्म), दुर्घटना मृत्यु बीमा ३ लाख सम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्