Logo

सिटिजन्स बैंकको ब्याज आम्दानीमा ११.५८ प्रतिशतले वृद्धि, कमायो ९६ करोड नाफा

सिटिजन्स बैंकको ब्याज आम्दानीमा ११.५८ प्रतिशतले वृद्धि, कमायो ९६ करोड नाफा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा २०.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ९.५७ प्रतिशतले घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको रिटेन्ड अर्निङ ६१ करोड ३२ लाख रुपैयाँबाट घटेर १६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । त्यस्तै, बैंकको रिजर्भको आकार भने ६ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

१ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको निक्षेप संलकन गरेको बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । १४ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँ, तरलता अनुपात २४.४९ प्रतिशत र मूल्य आम्दानी अनुपात २४.१८ गुणा कायम भएको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्