काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोहि अवधिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिमा बैंककोृ बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँबाट बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। चैत मसान्तसम्म बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ। बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड रुपैयाँबढी रहेको छ।
१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब रुपैयाँ सञ्चिति रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.६३ रूपैयाँ रहेको छ।