काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ ।
उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारको लागि स्वतः योग्य हुनेछन् ।
यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।