Logo

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव : डिजिटल भुक्तानी सेवामा छुटैछुट्

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव : डिजिटल भुक्तानी सेवामा छुटैछुट्



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवमा विभिन्न छुटका अफरहरु सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको हो ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्पmत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १ सय ८० रुपैयाँ क्यास ब्याक दिइने छ ।

यसैगरी सिटिजन्स मोबाईल बैंकिङमार्फत क्यूआर स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १ सय ८० रुपैयाँ क्यास ब्याक प्रदान गरिने छ । साथै फोनपे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ ।

साथै बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सा टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङ मार्फत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा ५० रुपैयाँ क्यासब्याक उपलब्ध हुनेछ ।

साथै बैंकको एक मोबाईल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ । वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्