Logo

सिटिजन्सले ६३ करोड कमाउँदा एनआईसीले कमायो ७२ करोड, दुवैले घटाए खराब कर्जा

सिटिजन्सले ६३ करोड कमाउँदा एनआईसीले कमायो ७२ करोड, दुवैले घटाए खराब कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आवको पहिलो ६ महिनामा ६३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हुन आउँछ । बैंकले गतआवको पहिलो ६ महिनामा ४१ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले आफ्नो खराव कर्जा असुली गरेसँगै नाफामा उच्च बृद्धि गरेको हो । बैंकले ५२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

nic_asia_bank

यसैगरी आजै वित्तीय विवरण सार्वजनिक गरेको एनआईसी एसिया बैंकले पनि आफ्नो नाफामा उच्च बृद्धि गर्दै ७२ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । एनआईसीको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशत भन्दा बढी हुन आउँछ ।

एनआईसीले पनि खराव कर्जा असुली र ब्याज आम्दानीमा बृद्धि गरेर नाफामा बृद्धि गरेको हो । सो अवधिसम्म आईपुग्दा बैंकले ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL