काठमाडौं । गरिमा विकास बैंकले नयाँ बर्ष २०८२ को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले डराजसँगको सम्झौतामा अफर सार्वजनिक गरेको हो ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्म छुट प्राप्त गर्नेछन् । छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ ।
गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।