Logo

ग्लोबल आइएमईलाई आस्वा स्वीकृती, बैंक खाताबाटै सेयर आवेदन

ग्लोबल आइएमईलाई आस्वा स्वीकृती, बैंक खाताबाटै सेयर आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ ।

सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि बोर्डले बैंकलाई अनुमति दिएको हो ।

अनुमति पश्चात बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर लगानीकर्ताले माग गरेको सेयर बापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ ।

यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामा नै सुरक्षित रहने बताएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आवद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्