काठमाडौं । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । केन्द्रिय बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्नका लागि २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय दिएको हो । उक्त बिडिङमा अन्तरराष्टिठ्रय ईच्छुक कम्पनीहरुले १४ मेसम्म आवेदन दिन सक्नेछन् ।
नोट छाप्न धरौटीको रूपमा तीन करोड ५० लाख राख्नुपर्ने हुन्छ। नोट छाप्नको लागि यसअघि नै पहिलो चरणमा ६ कम्पनी छनोट भएका छन्।