काठमाडौं । प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको लक्ष्मी बैंक लिमिटेडले आइतवारदेखि एकिकृत कारोवार शुरु गरेको छ ।
बैंककले लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ हो । प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेको पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोकमा चौतारा, भरतपुर¬चितवनमा हाकीम चोक र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा रहेको छ ।
बैकंको कुल संजाल अब ६४ वटा शाखा, २ विस्तार काउन्टर अनि ८० एटिएम पुगेको छ । केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार काठमाडौं नै कायम रहनेछ ।