काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिनेगरी उक्त सम्झौता भएको हो ।
उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक ९सेल्स एण्ड मार्केटिङ०, श्री सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो ।
साथै नेपाल एसबिआई बैंक लि. र होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० ५ सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक ९सेल्स एण्ड मार्केटिङ०, श्री रोशन सुवाल बीच आदानप्रदान भएको थियो ।