Logo

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नवप्रवर्तनलाई प्रोत्साहन

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नवप्रवर्तनलाई प्रोत्साहन



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। बैंकले एक सूचना जारी गर्दै वित्तीय क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र डिजिटल प्रविधिको माध्यमबाट वित्तीय सेवाहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त हब स्थापना गरेको जानकारी दिएको छ ।

केन्द्रिय बैंकको सूचनाअनुसार, यो हबले वित्तीय क्षेत्रमा नवप्रवर्तनकारी विचार र प्रविधिहरूलाई प्रोत्साहन गर्नेछ। यसले स्टार्टअप, प्रविधि कम्पनीहरू, वित्तीय संस्थाहरू, सरकारी निकायहरू र निजी क्षेत्रलाई एकसाथ ल्याएर सहकार्यको वातावरण सिर्जना गर्नेछ। हबले गैर(बाध्यकारी मार्गदर्शन, परामर्श र सूचना प्रदान गर्नुका साथै नवप्रवर्तनलाई प्रोत्साहन गर्न नियामक सहजता पनि उपलब्ध गराउने छ।

नेपाल राष्ट्र बैंकले यो हबले डिजिटल वित्तीय सेवाहरूलाई थप पहुँचयोग्य र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यो पहलले नेपालको वित्तीय क्षेत्रमा आधुनिकीकरण र नवप्रवर्तनको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

सूचना २०८१ असोज १२ गते जारी गरिएको हो। थप जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This