काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी राष्ट्र बैंकको गभर्नर पदका आकांक्षी मानिने पनि हुन् । उनले राष्ट्र बैंकबाट राजिनामा दिनुलाई पर्थपूर्ण तरिकाले हेरिएको छ ।
श्रेष्ठले यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहिलो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा उनले प्रदेश योजना आयोगको उपाध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए।
मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठलाई राष्ट्र बैंकभित्र सक्षम र क्षमतावान अधिकृतका रूपमा चिनिन्छ। उनको यो कदमले गभर्नर नियुक्तिको प्रक्रियामा थप चासो बढाएको छ।