Logo

देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर गर्ने, चुक्ता पूँजी १ अर्ब ४४ करोड पुग्दै

देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर गर्ने, चुक्ता पूँजी १ अर्ब ४४ करोड पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बैंकको १०औं साधारणसभाले यस्तो निर्णय गरेको हो । चुक्ता पूँजी ८८ हजार १० हजार रुपैयाँको १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

बैंकको चालु आ.व. २०७३ ०७४ पौष २७ गते सम्ममा ८७२ दशमलव ६८ करोड निक्षेप संकलन गरेको छ । त्यस्तै ७९७ दशमलव ०२ करोड कर्जा प्रवाह तथा. १९.०९ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले चुक्ता पूँजीको ५० प्रतिशतका दरले माघ ९ गतेदेखि हकप्रद शेयर बिक्री खुल्ला हुने छ । शेयर वितरण गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १ अर्ब ४४ करोड ५० लाख हुने पुग्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्