Logo

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त



काठमाडौं । नबिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मनोज ज्ञवालीलाई दिएको छ । बैंक संचालक समितिको आज (बुधबार) बसेको संचालक समितिको बैंठकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

उक्त बैंठकले यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । ढुंगानाले यहिँ चैत १० गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए । ढुंगानाको राजीनामा स्वीकृति गर्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

प्रखर एवं कुशल बैंकर ज्ञवाली नविल बैंकमा जनरल म्यानेजरको रुपमा भित्रिएका थिए । त्यसपश्चात नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ट नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कामु सिइओको जिम्मेवारी सम्हालेका हुन् । त्यस अघि उनी ज्योति विकास बैंकको सीईओको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This