Logo

गभर्नरको दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाले दिए नबिल बैंकको सीईओबाट राजीनामा

गभर्नरको दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाले दिए नबिल बैंकको सीईओबाट राजीनामा



काठमाडौं । गभर्नरको दौडमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । उनले आइतबारदेखि लागू हुने गरि राजीनामा दिएका हुन् ।

सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेसँग नयाँ गभर्नरको दौड थप तीव्र बनेको छ ।

यसै सन्दर्भमा कार्यकाल बाँकी रहेपनि राजीनामा दिएर ढुंगाना गभर्नर बन्न मैदानमा उत्रिएका छन् । हाल दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन रहेको र यी दुई दलमध्ये गभर्नर पद कुन पार्टीले पाउने भन्ने टुंगो लागिनसकेको बताइएपनि ढुंगाना कांग्रेसका तर्फबाट रोजाइका उम्मेदवार भएको चर्चा छ ।

नेपाल राष्ट्र बैंकमै एक दशक लामो समय काम गरेका ढुंगानासँग बैकको लामो समय नेतृत्वका साथै नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This