Logo

एनएमवीले दियो महानगरीय ट्राफिक महाशाखालाई उपहार, अव ट्राफिक व्यवस्थापन ड्रोनबाट

एनएमवीले दियो महानगरीय ट्राफिक महाशाखालाई उपहार, अव ट्राफिक व्यवस्थापन ड्रोनबाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमवी बैंकले महानगरीय ट्राफिक महाशाखालाई ड्रोन उपहार दिएको छ । ट्राफिक जाम कम गर्ने उद्देश्यका साथ बैंक्ले संस्थगत सामाजिक उत्तरदायित्व वहन गर्दै ड्रोन दिएको बताएको छ ।

अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन (मानवरहित विमान) प्रयोग गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौडेलले प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याललाई ड्रोन प्रदान गरे । ट्राफिक प्रहरीले ड्रोनको परीक्षण उडान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्