Logo

सानिमा बैंकको एकिकृत कारोवार शुरु, चुक्ता पुँजी ५ अर्ब ३० पुग्यो

सानिमा बैंकको एकिकृत कारोवार शुरु, चुक्ता पुँजी ५ अर्ब ३० पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकको शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । बैंकले सर्लाही हरिवनमा आयोजित एक समारोहमा सानिमाका ब्राण्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा सानिमा बैंकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा बैंकको कारोवार शुरु गरेको हो ।

अब बैंकको शाखा सञ्जालमा हरिवन तथा लालबन्दीमा पनि थपिएका छन् ।

बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण वित्तीय सेवा प्रदान बताएको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्