काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विक २०२५ सम्पन्न गरेको छ । बैंकले थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ गते देखि १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि विक २०२५ सम्पन्न गरेको हो ।
ग्लोबल मनि विक अन्तर्गत बैंकले ७ वाटै प्रदेशका आफ्ना ४९ शाखा कार्यालयहरू बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ ।
यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रस्ट पारिएको थियो । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।