काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब नाघेको छ । नेपाल बैंकर्स संघ(एनबीए)ले फागुन मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै यस अवधिसम्म ६० खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको बताएको हो ।
यस्तै यस अवधिमा वाणिज्य बैंकहरुले जम्मा ४८ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसरी हेर्दा बैंकहरुले राष्ट्र बैंकले दिएको सीमासम्म कर्जा प्रवाह नगरेको देखिन्छ । हाल कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत तोकिएपनि हालसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.२९ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको नीति अनुसार, वाणिज्य बैंकहरूले अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गर्न सक्छन् । यसको अर्थ, कुनै बैंकले १०० रुपैयाँ निक्षेप संकलन गरेमा ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । तर हाल बैंकहरूको न्यूनतम सीडी रेसियो ६३.८६ प्रतिशतमा झरेको छ ।
फागुन मसान्तसम्मको तथ्यांकअनुसार, वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यसले देखाउँछ कि बैंकहरूसँग तरलता पर्याप्त भए पनि कर्जा प्रवाहको गति सुस्त छ ।
बैंकर्स संघका अनुसार, औसत सीडी रेसियो ७९.२९ प्रतिशत भए पनि केही बैंकहरूको अनुपात न्यूनतम स्तरमा छ । राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो सबैभन्दा कम ६३.८६ प्रतिशत रहेको छ भने अन्य बैंकहरूको स्थिति यसप्रकार छ ।
- नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकः ६८.४८ प्रतिशत
- नेपाल बैंकः ७२.७८ प्रतिशत
- प्रभु बैंकः ७४.९७ प्रतिशत
- नेपाल एसबिआई बैंकः ७६.०७ प्रतिशत
- नेपाल इन्भेष्टमेन्ट बैंकः ७६.७६ प्रतिशत
- कृषि विकास बैंकः ७६.९९ प्रतिशत
- ग्लोबल आइएमई बैंकः ७७.९५ प्रतिशत
- सानिमा बैंकः ८०.६५ प्रतिशत
- लक्ष्मी सनराइज बैंकः ८१.०५ प्रतिशत
- हिमालयन बैंकः ८२.२० प्रतिशत
- नबिल बैंकः ८२.५८ प्रतिशत
- कुमारी बैंकः ८२.५८ प्रतिशत
- एनएमबी बैंकः ८३.३३ प्रतिशत
- एभरेष्ट बैंकः ८३.५२ प्रतिशत
- एनआईसी एशिया बैंकः ८३.६१ प्रतिशत
- सिद्धार्थ बैंकः ८३.६५ प्रतिशत
- सिटिजन्स बैंकः ८४.३२ प्रतिशत
- प्राइम कमर्सियल बैंकः ८४.९९ प्रतिशत
- माछापुच्छ्रे बैंकः ८५.६५ प्रतिशत