काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ ।
यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ ।
यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउने बैंकको भनाइ छ