Logo

१०औं बार्षिकोत्सवमा ग्लोवल आइएमईको प्रभातफेरी, २३ जना कर्मचारी सम्मानित

१०औं बार्षिकोत्सवमा ग्लोवल आइएमईको प्रभातफेरी, २३ जना कर्मचारी सम्मानित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकले दशौ बर्ष पूरा गरि एघारौ बर्षमा प्रबेश गरेको अवसरमा राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यका साथ प्रभातफेरी आयोजना गरेको हो ।

‘बचत गरौँ’ भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकाल देखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र्रप्रसाद ढकालले स्थापनाकाल देखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।

दशौँ बार्षिकोत्सव कै अवसरमा बैंकले वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगालागि तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको छ ।

२०६३ पुस १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ अर्वाडबाट समेत सम्मानित भईसकेको छ । बैंकले ९१ शाखा, १ सय ३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्