Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए पद तथा गोपनियताको शपथ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका नव नियुक्त अध्यक्ष पृथ्वी बहादुर पाँडेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

बैंकको सञ्चालक समितिको ६१७औं बैठकले पाँडेलाई अध्यक्षमा चयन गरेको थियो। प्रचलित कानून तथा नियमानुसार, उनले २०८१ फागुन २६ गते नेपाल राष्ट्र बैंकको एक विशेष समारोहमा औपचारिक रूपमा शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसहित राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पाँडे लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। शपथ ग्रहणसँगै उनले बैंकको प्रवद्र्धन, डिजिटल बैंकिङ विस्तार तथा वित्तीय स्थायित्व मजबुत बनाउने योजनामा आफू केन्द्रित रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This