काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बीएन घर्ती नियुक्त भएका छन् । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सको सञ्चालक समितिको बैठकले चार वर्षको लागि सीईओमा नियुक्ति दिएको हो । तत्कालिन सीइओ उमेश भण्डारीले छोडेपछि खालि भएको पदमा घर्ती नियुक्त भएका हुन्।
११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिकामा थिए । घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए ।