काठमाडौं । नेपाल एसबीआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एस्सिलेन्स २०२४ बाट सम्मानित भएको छ । बैंकलाई कर्पोरेट नेपाल प्रालिले ‘बाणिज्य बैंक’ विधान अन्तरगत उक्त सम्मान गरेको हो ।
बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौदेखि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान गरेको हो । उक्त संस्थाले बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत विकास आनन्दलाई उक्त सम्मान गरेको हो । प्राडा फत्त बहादूर केसी नेतृत्वको जुरीले बैंकलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एउटा कर्पोरेट कार्यालय संचालनमा रहेका छन् ।