Logo

इभी च्यापिँदा पेट्रोलियम गाडीलाई राष्ट्र बैंकको राहत : सबै निजी प्रयोजनका गाडीको लोन टु भ्यालु रेसियो ६० प्रतिशत

इभी च्यापिँदा पेट्रोलियम गाडीलाई राष्ट्र बैंकको राहत : सबै निजी प्रयोजनका गाडीको लोन टु भ्यालु रेसियो ६० प्रतिशत



काठमाडौं । अब सबै प्रकारका निजी प्रयोजनका गाडीको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशत कायम भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रिय बैंकले सबै खालका निजी सवारीसाधनको लोन टु भ्यालु रेसियो ६० प्रतिशत पुर्याएको हो ।

यसअघि दोस्रो त्रैमासिक समीक्षा गरेको केन्द्रिय बैंकले आज (सोमबार) निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो ।
यसअघि विद्युतीय गाडीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतसम्म रहेकोमा घटाएर ६० प्रतिशतमा झारेको छ । तर यसअघि ५० प्रतिशत रहेको निजी प्रयोजनका इन्जीन गाडी (आइसी) गाडीको लोन टु भ्यालु रेसियो भने बढाएर ६० प्रतिशत पुर्याएको हो ।

‘अब सबै प्रकारका विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपान ६० प्रतिशत नै हुनेछ तर इन्जीन गाडीको हकमा भने निजी प्रयोजनका लागि कर्जा मूल्य अनुपात बढाएर ६० प्रतिशत पुर्याइएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले भने ।

खासगरी पछिल्लो समय भन्सार राजस्वमा ठुलो असर परेको भन्दै विद्युतीय गाडीमा दिईएको सहुलियत बढी भएको बहस चल्दै आएको थियो । त्यसैलाई मध्येनजर गर्दै केन्द्रिय बैंकले यस्ता सवारीसाधनको लोन टु भ्यालु रेसियो घटाउँदै निजी प्रयोजनका लागि आइसी इन्जिन गाडीको लोन टु भ्यालु रेसियो भने बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्