Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ जना चुनिएका छन् । फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीच निर्वाचन भएको थियो । सर्वसाधारण सेयरधनी समुह तर्फको संचालक पदमा भएको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेलबासे निर्वाचित भएका छन् ।

यस्तै बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको ३७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्वाचन गराउन खोज्दा अदालतमा मुद्दा परेको थियो । यसैका कारण एक वर्षसम्म निर्वाचन हुन नसके पनि जसले मुद्दा हालेका थिए उनैले पछि मुद्दा फिर्ता पनि लिए । यस सँगै साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक विचको मर्जर पछि बनेको नेपाल इन्भेष्टमेन्ट बैंकले निर्वाचित सञ्चालक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्