काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल्लो समय थप पेचिलो बन्दै गएको बैंकिङ क्षेत्रलाई केही राहत स्वरुप असल कर्जाको जोखिम भार घटाएको हो ।
यसअघि असल कर्जाको जोखिमभार १.१० प्रतिशतको रहेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत त्यसलाई सहजिकरण गर्दै १मा प्रतिशतमा झारेको हो । यसले बैंकको नाफामा तत्काल साढे ४ अर्ब रुपैयाँले बढ्ने छ भने कर्जा प्रबाह गर्ने क्षमता करिव ४५ अर्ब रुपैयाँले बढ्ने देखिन्छ ।
यसैगरी बैंकहरुले पाउँदै आएको नन्डेलिभरेबल फरवार्ड सुविधा पनि बढाईएको छ । यसअघि प्राथमिक पुँजीको १५ प्रतिशत मात्रै त्यस्तो सुविधा पाउँदै आएकोमा उक्त सीमालाई वृद्धि गरी २० प्रतिशत पुर्याइएको छ ।
राष्ट्र बैंकको उक्त अब बैंकले विदेशी बैंक खातामा राख्ने रकम थप २५ अर्ब रुपैयाँ बढ्ने छ । यसबाट पनि बैंकको नाफा वृद्धि हुन जानेछ ।