काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंकले दिएको जानकारीअनुसार, बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले पंज्ञानीलाई अध्यक्ष पदमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष पंज्ञानीले फागुन १२ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।
उनले नेपाल बैंकलाई अझ सशक्त बनाउन रणनीतिक सुधार तथा नयाँ वित्तीय योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।