Logo

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ। यस शाखासँगै काठमाडौं उपत्यका भित्र बैंकका ४० वटा शाखा र वाग्मती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा रहेका छन्।

एक कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष, प्रबल जंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । पाण्डेले ग्राहकहरूलाई सुरक्षित र सुलभ बैंकिङ सेवा प्रदान गर्दै, यस शाखाबाट हरिसिद्धी र वरपरका क्षेत्रका ग्राहकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए। यस अवसरमा बैंकका उच्च व्यवस्थापन र स्थानीय निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखामा ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न र साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच पु¥याउने उद्देश्य राखिएको छ। शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष नि:शुल्क उपलब्ध हुने छ। साथै, डि-म्याट खाता खोल्दा शुल्कमा छुट र लकर सुविधामा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सिटिजन्स बैंकले हालै “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गरेको छ र नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” र मोबाइल बैंकिङ एप मार्फत शेयर आवेदन र सिआरएन नम्बर सेवा पनि सुरु गरेको छ।

बैंकको १९९ शाखा, १६४ ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ ईकाइहरूले १८ लाख ५० हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्