Logo

११औं बर्षमा ग्लोवल आईएमई, बार्षिकोत्सवमा रक्तदान तथा नि:शुल्क मधुमेह परिक्षण आयोजना

११औं बर्षमा ग्लोवल आईएमई, बार्षिकोत्सवमा रक्तदान तथा नि:शुल्क मधुमेह परिक्षण आयोजना


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ मुल नाराका साथ बैंकको कान्तिपथ शाखामा कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको बैंकले स्थापनाको एक दशकमा बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १ सय ३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्