काठमाडौं । भुक्तानी सेवाप्रदायक नेपाल पे टाइम प्रालिको अनुमतिपत्र नविकरण नभएको पाईएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयन नगरेकोलगायत कारण उसको अनुमतिपत्र नवीकरण नगरेको बताएको हो ।
नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
नेपाल पे टाइमले १९ भदौ २०७६ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो ।