Logo

मेगाको बोनसलाई राष्ट्र बैंकको स्वीकृति, सेयर धनीलाई १३ प्रतिशत सेयर

मेगाको बोनसलाई राष्ट्र बैंकको स्वीकृति, सेयर धनीलाई १३ प्रतिशत सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकको बोनस सेयरलाई स्वीकृति प्रदान गरेको छ । बैंकले केही समय अघि बोनस सेयर निष्काशनको माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

जस अनुसार बैंकले १३ दशमलव २५ प्रतिशत बोनस सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । मेगाका सेयर धनीले १ सय कित्ता बरावर १३ कित्ता बोनस सेयर पाउनेछन् । बैंकले बोनस सेयरको लागि लाग्ने कर रकम वापत शुन्य दशमलव ७० प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

राष्ट्र बैंकले स्वीकृति दिएको सम्बन्धमा मेगाले नेपाल स्टक एक्सचेञ्जलाई समेत जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL