काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निक्षेप प्रशोचन गर्न लागेको हो ।
मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २८ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।