Logo

एनसीसी बैंकको एकिकृत कारोवार शुरु, उत्कृष्ट पाँचमा ल्याउने सीइओको दावी

एनसीसी बैंकको एकिकृत कारोवार शुरु, उत्कृष्ट पाँचमा ल्याउने सीइओको दावी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आजबाट एकिकृत कारोवार हुरु गरेको छ । एनसीसीसँग इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्ज भएर आजबाट एकिकृत कारोवार शुरु गरेको हो ।

बैंकको मर्ज पछिको एकिकृत कारोवारको उद्घाटन नेपाल राष्यट्र बैंकका गभर्नर डा. चिरञ्जीवनी नेपालले गरेका हुन् । उद्घाटन गर्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्था कुनै व्यक्तिको नभई सार्वजानिक सम्पत्ति भएकाले नियामक निकायको निर्देशन पालना गरेर अघि बढ्न निर्देशन दिएका छन् । साथै बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदै विगतमा गरेका गल्तीलाई राष्ट्र बैंकले माफी नदिने उनको भनाइ थियो । ‘बैंक मर्ज भएपनि राष्ट्र बैंकले हिजोका दिनमा प्रवाह भएका कर्जाहरुको विषयमा राष्ट्र बैंकले सवै हेर्नेछ,’ उनले भने, ‘अन्तत गल्ती गर्ने व्यक्ति कारवाहीको भागिदार हुनेछ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले राष्ट्र बैंकको सर्कुलर अनुसार बैंकले तोकिएकै समयमा चुक्ता पूँजी पुर्याउने बताए । मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ र रिजर्भ ९९ करोड रुपैयाँ पुगेको जानकारी दिँदै थप पूँजी बृद्धिका लागि बोनस सेयर र हकप्रद सेयर जारी गर्ने बताए ।

मर्जरसँगै बैंकको निक्षेप ५४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । बैंकको शाखा संख्या ९६ र एटीएमको संख्या ६१ रहेको छ । हाल बैंकको ग्राहक संख्या ४ पुगेका छन् भने साधारण र संस्थापक सेयर गरी ८७ हजार पुगेका छन् । बैंकलाई उत्कृष्ट ५ वाणिज्य बैंक भित्र ल्याउन आफुहरु लागि परेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्